दमौली : तनहुँका चार ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरिने भएको छ । राजमार्गमा यात्रा गर्ने यात्रुहरुको सहायताका लागि जिल्ला प्रहरी कार्यालयले चार ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागेको हो ।
व्यास नगरपालिका-४ स्थित भोर्लेटार चोक, ऑबुखैरेनी गाउँपालिका-४ स्थित पुलजीप, बन्दिपुर गाउँपालिका-१ स्थित डुम्रे र शुक्लागण्डकी नगरपालिका-५ स्थित बेलचौतारामा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको हो।
बुधबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले चाडपर्वलाई ध्यानमा राखेर सहायता कक्ष सञ्चालन गर्ने निर्णय गरेको हो ।
दशै, तिहार, छठ पर्वमा आवतजावत बाक्लो हुने भएकाले स्थानीय रुटमा यातायात कम्पनीले सवारी साधन थप गर्ने, कुनै पनि हालतमा सिट क्षमता भन्दा बढि यात्रु नराख्ने र छतमा नचढाउने सहमति भएको प्रशासकीय अधिकृत डॉसीराम पौडेलले जानकारी दिए ।
सार्वजनिक सवारी साधनमा यात्रुले देख्ने ठाउँमा भाडादर टॉस्ने, सार्वजनिक सवारी सञ्चालन गर्दा प्राविधिक रुपमा चेकजॉच गरेर मात्र चलाउने, तोकिएको भन्दा बढि भाडादर नलिने निर्णय समेत भएको पौडेलले बताए ।