कांग्रेस भिमादकाे सभापतिमा अर्विन विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस भिमादकाे सभापतिमा अर्विन विजयी

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७८, बिहीबार

    दुलेगाैडा : नेपाली कांग्रेस भिमाद नगरपालिकाको सभापतिमा अर्विन श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा प्रतिष्पर्धी रामकृष्ण रानालाई पाखा लगाउँदै अर्विनले सभापतिमा बाजी मारेका हुन् । अरविनले ७५ मत प्राप्त गरे । उनका निकटम प्रतिष्पर्धी रानाले पाँच कम ७० मत प्राप्त गरे ।

    निर्वाचन मार्फत टुंगो लगाईएको सहसचिव पदमा राहुल थापा र सन्तोष थापा विजयी भएका छन् । राहुलले ८८ र सन्तोषले ८४ मत पाए । अर्का उम्मेद्वार कृष्णप्रसाद रिजालले ७१ मत पाएका छन् । शनिबारदेखी सहमतीको लागी भन्दै भिमादको अधिवेशन स्थगित थियो ।

    पाँच दिनसम्म सभापति र सहसचिव पदमा सहमति जुट्न नसकेपछि विहीबार निर्वाचन गराईएको हो । १६२ मतदाता रहेकोमा १५७ मत खसेको थियो । भिमाद नगर उपसभापतिमा भुपेन्द्रराज मल्ल र टेकबहादुर थापा, सचिवमा नरविर आले र विजयीकुमार थापा यसअगाडी नै सर्वसम्मत भएका थिए ।

    यो संगै तनहुँ कांग्रेसको १० वटै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । जिल्लाका आठ स्थानीय तहमा तोकिएको मिति ९ असोजमा अधिवेशन सम्पन्न भएको थियो । मतदान शुरु भएपछि स्थगित भएको ऋषिङ गाउँपालिकामा पनि ११ असोजमा मतदान सम्पन्न भएको थियो । जिल्लाको व्यास नगरपालिकामा सूर्यचन्द्र हड्खले र भानुमा रामकुमार श्रेष्ठ, शुक्लागण्डकीमा गोपिबहादुर गुरुङ सभापति बनेका छन्् । देवघाट गाउँपालिकामा तिलबहादुर थापा, बन्दिपुरमा कर्ण खत्री, म्याग्देमा रामभक्त घिमिरे, आँबुखैरेनीमा विष्णु पन्थ र ऋषिङमा तिलबहादुर थापा सभापति बनेका हुन् ।