दमौली : सरकारसँग भएको तीन बुँदै सहमति कार्यान्वयनको माग गर्दै नेकपा तनहुँले बुधबार दमौलीमा प्रदर्शन गरेको छ । विप्लव नेतृत्वको नेकपाले सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै दमौलीमा प्रदर्शन गरेको हो ।
पक्राउ परेका सबै कार्यकर्ता रिहाई हुनुपर्ने, झुठा मुद्धा खारेज हुनुपर्ने माग सहित आफूहरु आन्दोलित रहेको नेकपा तनहुँका नेता पूर्णजित पुनले जानकारी दिए । यसअघि मङ्गलबार उनीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।