इ फार्मको खसी मेला सुरु, फोन गरेर घरैमा मगाउन सकिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इ फार्मको खसी मेला सुरु, फोन गरेर घरैमा मगाउन सकिने

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०७८, मंगलवार

    काठमाडौ : दशैतिहारलाई लक्षित गरि इ फार्मले खसी मेला सुरु गरेको छ।ललितपुर धापाखेलमा चलिरहेको खसीमेलामा उपभोक्ता आफैले रोजेर खसी, कुखुरा र हाँस किन्न सकिने बताइएको छ । साथै इ फार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुक लगायत सामाजिक सञ्जालमा भिडियो कल गरेर खसी छनोट गरि अर्डर गर्न सक्नेछन् ।

    उपभोक्ताले बिहान ५ बजेदेखि राती १२ बजेसम्म जुनसुकै समयमा फेन गरेर खसी तथा कुखुरा अर्डर गर्न सक्नेछन्। असोज २५ गतेदेखि सुरु भएको खसी मेला कातिक ९ गतेसम्म हुनेछ। इ फार्मको बालुवाटार स्थित स्टोरबाट समेत मासुको बिक्रि सुरु गरिएको बताइएको छ । उपभोक्ताको मागअनुसार खसी जिउँदै र काटेर सफा गरेर डेलिभरी गर्ने जनाएको छ।

    ई फार्मको वेबसाईट (www.efarm.live)बाट वा ९८०१८५५५०५, ९८५२०५५९७९ मा फोन गरेर पनि अर्डर गर्न सकिन्छ। इ फार्मले केहि साताअघि देखि नै अनलाइनबाटै प्रिबुकिङ सुरु गरेको थियो । त्यस्तै जिउँदो खसी र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले ३ केजी भन्दा बढी अर्डर दिए घरमै डेलिभरी गरिने बताइएको छ ।

    धनकुटा, बैतडि, उदयपुर, सल्यान लगायतका पहाडि जिल्लाबाट ल्याएको खसी, नुवाकोटको कुखुरा इ फार्ममा पाइनेछन् । करिब ११ रोपनी जग्गामा ई फार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै छ । दुई वर्ष अगाडि खसी र च्यांग्रा बिक्री गर्दै इ फार्म सुरु भएको थियो। त्यसपछि अन्य कृषि उत्पादनहरुलाई थप्दै ई फार्मको सेवा विस्तार भैरहेको छ।