दमौली : मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँगै दमौलीमा पुनः चहलपहल बढ्न थालेको छ ।
शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै दमौली बजारमा मानिसहरुको चहलपहल बढ्न थालेको हो ।
विजया दशमीका दिन रातो टीका र पहेँलो जमरा लगाएर देशभर हर्षोल्लासका साथ विजया दशमी मनाउने चलन छ । घटस्थापनाका दिन राखिएको जमरा आज दुर्गादेवीको प्रसादको रुपमा लगाउने गरिन्छ ।
असत्यमाथि सत्य र आसुरीक शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रुपमा विजया दशमी मनाउने चलन रहेको छ ।
आजका दिन परिवारका ठूलो सदस्यहरुबाट टीका तथा जमरा लगाइने चलन छ। आम सर्वसाधारणहरु बडा दशैँ मनाउन गाउँ फर्किएसँगै महाष्टमीदेखि सुनसान रहेको दमौली पुनः चहलपहल बढ्न थालेको छ ।