दमौली : बडादसैंको दिन शुक्रबार तनहुँमा आठ सवारी चालक कारवाहीमा परेका छन् । पृथ्वीराजमार्ग अन्तरगत तनहुँका विभिन्न स्थानमा गरिएको चेकिङमा आठ सवारी चालक कारवाहीमा परेका हुन् ।
बिना कागजात चलाएका आठ मोटरसाइकल चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिवी हमालले जानकारी दिए । ट्राफिक प्रहरीले ऑबुखैरेनी, डुम्रे, घॉसीकुवा, थर्पु, बेलचौतारा लगायतका ठाउँमा सवारीसाधन चेकिङ गरेको थियो। “दसैका बेला सवारीसाधनको चाप बढी हुने र दुर्घटना हुने सम्भावना भएकाले सुरक्षित साथ गन्तव्यमा पुर्याउन सहयोग पुर्याउनु प्रहरीको कर्तव्य हो,” उनले भने ।
तीन ठाउँमा दुर्घटना
दसैको दिन जिल्लाका तीन ठाउँमा सवारी दुर्घटना भएको छ। ऑबुखैरेनी, घॉसीकुवा र थर्पमा भएका दुर्घटनामा परी तीन जना सामान्य घाइते भएका छन्। “ठूलो दुर्घटना छैन, सामान्य दुर्घटना मात्रै छ, सबैको अवस्था सामान्य छ,” उनले भने ।