दमाैली : व्यास नगरपालिका-३ स्थित बलेधारा खानेपानी संरक्षण समितिकाे अध्यक्षमा राजकुमार श्रेष्ठ चयन भएका छन् । शनिबार भएकाे समितिकाे साधारणसभाले श्रेष्ठकाे अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेकाे हाे ।
समितिकाे उपाध्यक्षमा सुकबहादुर तामाङ, सचिवमा शर्मिला ओझा, सहसचिवमा राम श्रेष्ठ, काेषाध्यक्षमा इन्दिरा मिश्र र सदस्यहरुमा मन्दिरा श्रेष्ठ, कोपिला थापा, विनु श्रेष्ठ, सरस्वती न्यौपाने , नन्द कुमारी श्रेष्ठ, देवी रानाभाट, रश्मिला पिया, लाल बहादुर भट्ट, सानू माया मुल्मी, सानू श्रेष्ठ , चिज बहादुर श्रेष्ठ र कमला लम्साल चयन भएका छन् ।
समितिका अध्यक्ष सावित्री श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास-३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।