दमाैली : नेपाली काङ्ग्रेस तनहुँको सदस्यमा सभापति जितप्रकाश आलेको प्यानल हाबी भएको छ । सोमबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सदस्यहरुमा तीन जना बाहेक सबै आले प्यानलबाट विजयी भएका हुन् ।
सदस्य महिला खसआर्यमा पवित्रा घिमिरे ९०३ र सिर्जना तिवारी ८२३ मत प्राप्त गरी निर्वाचित भएकी छन् । अल्पसङ्ख्यक मुस्लिम अपाङ्गतर्फ दलबहादुर दुरा ८८२ मत प्राप्त गरी विजयी भएका छन् ।
सदस्य खुल्ला खसआर्य तर्फ टिकाराम हड्खले ८५०, रामबहादुर अधिकारी ८७० विजयी भएका छन् । महिला आदिवासी जनजातितर्फ केशरी थापा मगर ८८४, केशरी दूरा ८४६, भिमकुमारी आले ८३४, रिया गुरुङ ८५८ विजयी भएका छन् । रिया सभापतिका उम्मेदवार वैकुण्ठ न्यौपाने प्यानलकी हुन् ।
अन्य आदिवासीतर्फ इन्द्रबहादुर थापा ७५८, गलबहादुर गुरुङ ८३२, तिलबहादुर थापा ८२४, नविन थापा मगर ८४४ र भरतकुमार श्रेष्ठ ७७२ मत प्राप्त गरी निर्वाचित भएका छन् । भरतकुमार श्रेष्ठ र इन्द्रबहादुर थापा वैकुण्ठ न्यौपाने प्यानलका हुन् ।
महिला दलिततर्फ चन्रीता सेन्धुरी ८३४ मत प्राप्त गरी विजयी भएकी छन् । दलिततर्फ नोकबहादुर विक १४१९ र मिनबहादुर चदारो ८७९ मत प्राप्त गरी विजयी भएका छन् ।
पालिकातर्फ व्यास नगरपालिका महिलाबाट कल्पना पोखरेल ८५९, व्यास नगरपालिका अन्यबाट रामशरण अधिकारी ८११, सूर्यभक्त भण्डारी ८३८ मत प्राप्त गरी विजयी भएका छन् । शुक्लागण्डकी नगरपालिका अन्यबाट अम्बिका घिमिरे ८४०, श्रीराम सुवेदी ८२९, महिलातर्फ मधुमाया पन्थी ७९९ मत प्राप्त गरी विजयी भएका छन् ।
भिमाद नगरपालिका अन्यबाट प्रेमकुमार श्रेष्ठ ८८९, रामनाथ सुवेदी ८१६, म्याग्दे गाउँपालिका अन्यबाट सूर्यमोहन काफ्ले ८३३ मत प्राप्त गरी विजयी भएका छन् । बन्दिपुर गाउँपालिका महिला सदस्यतर्फ इनकन खनाल ८२७ र अन्य तर्फ शिव खत्री ८५० मत प्राप्त गरी विजयी भएका छन् ।
भानु नगरपालिका अन्यतर्फ राजकुमार श्रेष्ठ ९२४, राम रेग्मी ७९३, महिलातर्फ सिर्जना श्रेष्ठ ८८४ मत प्राप्त गरी विजयी भएका छन् । ऋषिङ गाउँपालिका अन्यतर्फ दुर्गाबहादुर राना ९१२, घिरिङ गाउँपालिका महिलातर्फ बोमाया राना ९२३, देवघाट गाउँपालिका अन्यतर्फ खम्बरसिं राना ९३४, आँबुखैरेनी गाउँपालिका अन्यतर्फ केशवनाथ खनाल ८९३ मत प्राप्त गरी विजयी भएका छन् ।
केन्द्रीय महाधिवेशन प्रतिनिधि अपाङ्गतर्फ प्रकाश पन्थ ७८९ मत प्राप्त गरी विजयी भएका छन् । उनी वैकुण्ठ न्यौपाने प्यानलका हुन् । प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधि अपाङ्गमा कृष्णबहादुर थापा विजयी भएका छन् ।