एमाले तनहुँको अधिवेशन पुस २३ गते, कावा सचिवमा सिग्देल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँको अधिवेशन पुस २३ गते, कावा सचिवमा सिग्देल

    खबरपुञ्ज संवाददाता

    ३ पुष २०७८, आईतवार

    दमौली । नेकपा एमाले तनहुँले पुस २३ गते जिल्ला अधिवेशन गर्ने भएको छ । चितवनमा सम्पन्न दशौ महाधिवेशनपछि काठमाडौमा बसेको बैठकले सबै जिल्लाको अधिवेशन मिति तोकेको थियो ।

    एमाले तनहुँको शनिबार सम्पन्न बैठकले अधिवेशनको तयारी थाल्ने निर्णय गरेको छ।

    बैठकलाई स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले सम्बोधन गरेका थिए ।

    कावा सचिवमा सिग्देल

    बैठकले एमाले तनहुँको कार्यवाहक सचिवको जिम्मा उपसचिव विष्णुभक्त सिग्देललाई दिने निर्णय गरेको छ। सचिव भगवती न्यौपाने केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सिग्देललाई कावा सचिवको जिम्मेवारी दिइएको हो ।