दमौली । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको व्यास नगरपालिका-१ सिमलटारमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास-२ मालेबगर बस्ने ६० वर्षयी खड्क बहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ना ७ ख ६४०७ नम्बरको बसले ग १९ प ८५६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते लामाको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। बस र चालक प्रहरी नियन्त्रणमा छन् ।