दमौली । नेपाली कांग्रेसका नेताद्वय शंकर भन्डारी र गोविन्द भट्टराई केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको खुल्ला तर्फको केन्द्रीय सदस्यको मतगणना सकिदा भण्डारी र भट्टराई केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
भण्डारी खुल्ला ३५ मध्ये आठाै स्थानमा २७६८ र भट्टराई १९ स्थानमा २३५० मत प्राप्त गरी विजयी भएका हुन् । यस अघि १३ औ महाधिवेशनमा पनि भण्डारी भट्टराई केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । गत महाधिवेशनमा विपरीत प्यानलमा रहेका उनीहरू यस महाधिवेशनमा भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका थिए ।
त्यस्तै खुल्ला तर्फको केन्द्रीय सदस्यको उम्मेदवार बनेका विद्यार्थी नेताद्वय दिपक भट्टराई र आनन्द त्रिपाठी भने पराजित भएका छन् । उनीहरू दुबैजना कुनै पनि प्यानलमा परेका थिएनन् । संस्थापनइतर खेमाबाट चुनाव लडेका दीपक भट्टराई र आनन्दराज त्रिपाठी दौडमा अटाउन सकेनन् ।