ह्युस्टनमा एजुकेसन सेमिनार सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    ह्युस्टनमा एजुकेसन सेमिनार सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०७८, बिहीबार

    पोखरा । ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसनमा एजुकेसन समिनार सम्पन्न भएको छ । कोभिडपछि अध्ययनका लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुलाई जानकारी दिन आयोजना गरिएको थियो ।

    सेमिनारमा ३० बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो । अष्ट्रेलिया उडान खुला भई सकेपछि जानका लागि आवश्यक प्रोसस र जानकारी दिन सेमिनार आयोजना गरिएको ह्युस्टनकी म्यानेजिङ डिरेक्टर पवित्रा थापा मागरले जानकारी दिइन् । कोभिडपछि अष्ट्रेलिया जानका लागि के छ प्रोसस, त्यहाँ गई सकेपछि पनि के छ अवस्था भन्ने बारेमा सेमिनार आयोजना गरेका हौं, उनले भनिन्, नयाँ अपडेटसहित गरिएको सेमिनारमा एजुकेसन ग्रुपलाई लिएर सेमिनार गर्यौं । सेमिनार राम्रै भयो भन्ने लागेको छ ।

    विद्यार्थीहरुले विशेष चाख लिएर सेमिनारमा सहभागी भएको उनको भनाई छ । थोरै जिपिए भएका विद्यार्थीहरु देखि राम्रो जिपिए ल्याएर उत्तिर्ण हुनेहरुले आफूलाई लागेका जिज्ञासाहरु राखेको उनले सुनाइन् ।
    अष्ट्रेलिया, क्यानडा, युके जान इच्छुक विद्यार्थीहरुलाई ह्युस्टनमा आउन समेत उनले आग्रह गरेकी छिन् ।