दुलेगौडा । शुक्लागण्डकी जेसीजको वर्ष २०२२ को अध्यक्षमा शिवबहादुर विक सर्वसम्मत भएका छन् । १९ औँ अधिवेशनले विकलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । विक १८ औँ शाखा अधिवेशनमा अध्यक्षमा पराजित भएका थिए ।
महासचिवमा ईश्वरकुमार श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा प्रकाश विक, आशिष श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षमा सरोज गौतम र हरिप्रसाद पौडेल सर्वसम्मत भए । कोषाध्यक्षमा सन्जिव श्रेष्ठ, सहकोषाध्यक्षमा दिपेन्द्र रिमाल र सहसचिवमा सुरज लम्साल चयन भएका छन् ।
कानुनी सल्लाहाकारमा अनिषकुमार ढकाल, अध्यक्ष सल्लाहाकारमा क्षेत्रबहादुर थापा, सन्तोष श्रेष्ठ, रमेश भण्डारी रहेका छन् । अन्य पदमा भने पछि मनोनित गरिनेछ । नवनिर्वाचित पदाधिकारी र मनोनित पदाधिकारीलाई पदस्थापना गर्दै पदभार ग्रहण गराईनेछ ।