दमाैली । लायन्स क्लव अफ तनहुँ व्यास सिटीले आयोजना गरेको आँखा शिविरबाट एक सय ११ लाभान्वित भएका छन् । भानु नगरपालिका–५ मैबलमा शनिबार आयोजित शिविरबाट एक सय ११ ज्येष्ठ नागरिक लाभान्वित भएका हुन् ।
शिविरमा आँखा परीक्षण गरिएकामध्ये ८० जनालाई चस्मा वितरण गरिएको क्लवका अध्यक्ष प्रदीप मल्लले जानकारी दिए । ग्रामीण भेगमा रहेका ज्येष्ठ नागरिकको सहजताका लागि शिविर आयोजना गरिएको उनले बताए । “आँखा परीक्षणका लागि बजारसम्म आउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँमै पुगेर शिविर ग¥र्यौ,” उनले भने ।
शिविरमा सगरमाथा चस्मा घरले प्राविधिक सहयोग गरेको थियो भने औषधि नेशनल एपोलो अस्पताल, मिर्लुङ पोलिक्लिनिक र विश्वास मेडिकल हल उपलब्ध गराएका थिए । भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्लले गाउँमै आएर आँखा शिविर आयोजना गरिदिँदा ज्येष्ठ नागरिकलाई सहज भएको बताउँदै लायन्सको सामाजिक कामको प्रशंसा गरे ।
कार्यक्रममा लायन्स क्लव ३२५ वि १ नेपालका डिपार्टमेन्ट चिफ राजकुमार श्रेष्ठ, मैबल प्राविका पूर्व प्रधानाध्यापक बुद्धकुमार परियार लगायतले सामाजिक काममा लायन्सले पु¥याएको योगदानको चर्चा गरे ।
लायन्स क्लव अफ तनहुँ व्याससिटीले कोभिड–१९ र निषेधाज्ञाले समस्यामा परेका विपन्न वर्गलाई खाद्यान्न वितरण गरेको थियो भने विभिन्न समयमा रक्तदान गर्दै आएको छ ।