आन्तरिक मामिला मन्त्री बन्दै डोवाटे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    आन्तरिक मामिला मन्त्री बन्दै डोवाटे

    खबरपुञ्ज संवाददाता

    ११ पुष २०७८, सोमबार

    पोखरा । गण्डकी प्रदेशमा मन्त्रालय संख्या १२ पुर्‍याइएको छ । सोमबारको क्याबिनेट बैठकले कार्यविभाजन नियमावली २०७४ संशोधन गरेर एउटा मन्त्रालय बढाएको हो ।

    मन्त्री नियुक्त भएको साढे दुई महिनापछि कांग्रेसका डोवाटे विश्वकर्माले मन्त्रालय पाउने भएका छन् । उनलाई आन्तरिक मामिला मन्त्रालय दिने गरी नियमावली संशोधन गरिएको एक मन्त्रीले जानकारी दिए । हाल आन्तरिक मामिला मन्त्रालय मुख्यमन्त्री मातहत छ ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गत २५ असोजमा डोवाटेलाई बिनाविभागीय मन्त्री बनाएका थिए । साढे दुई महिनापछि उनलाई मन्त्रालय दिन सोमबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला मन्त्रालयको कार्यविधि पास गरेको छ ।

    ‘कार्यविभाजन नियमावली पनि संशोधन भएको छ । नयाँ मन्त्रालय बनाउने र त्यो मन्त्रालय उहाँलाई दिने कि अरुलाई दिने त्यो मुख्यमन्त्रीज्युको कुरा हो,’ ती मन्त्रीले भने, ‘तर, त्यो मन्त्रालय डोवाटेजीलाई नै होला ।’ आजभोलिमै डोवाटेले मन्त्रालय पाउने छन्

    मन्त्री विकको सचिवालय स्रोतका अनुसार आन्तरिक मन्त्रालय दिन क्याबिनेटमा छलफल भए पनि औपचारिक पत्र आएको छैन । ‘पत्र आएको छैन । मन्त्रीज्यूले पनि केही भन्नुभएको छैन,’ सचिवालयले भन्यो ।

    मुख्यमन्त्री पोखरेल र मन्त्री डोवाटे दुबै आज पर्वत पुगेका छन् । मन्त्रालयको जिम्मेवारी नपाउँदा मन्त्री डोवाटे मुख्यमन्त्रीसँगै कार्यक्रममा पुग्ने गरेका छन् ।

    संविधानले कुल प्रदेशसभा सदस्यको २० प्रतिशत हुने गरी मन्त्री बनाउन पाइने व्यवस्था गरेको छ । गण्डकीमा ६० सदस्यीय (एक रिक्त) प्रदेशसभा छ । आन्तरिक मामिला मन्त्रालय हालसम्म मुख्यमन्त्री मातहत रहेकोमा डोवाटेलाई दिन लागिएको हो । (शिलापत्र)