दमाैली । दुवै मिर्गौला फेल भएर विगत केही वर्षदेखि डायलासिस गर्दै आएका अब्दुल गफ्फार मियाँको निधन भएको छ । व्यास नगरपालिका–४ निवासी गफ्फारको सोमबार साँझ घरमै निधन भएको हो ।
उनले दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा नियमित रुपमा डायलासिस गर्दै आएका थिए । गफ्फारका दाजु सत्तार मियाँले भाईको निधन भएको पुष्टि गरे ।