दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको आठौ तनहुँ महोत्सव केही दिन पछाडी धकेलिएको छ। सङ्घको बुधबार बसेको बैठकले महोत्सवको मिति परिवर्तन गर्ने निर्णय गरेको हो ।
नयॉ मिति अनुसार महोत्सव माघ १९ देखि फागुन १ गतेसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । विशेषकारणवश महोत्सव केही दिन पछाडी धकेलिएको उनले बताए । यसअघि पुस २९ देखि माघ १० गतेसम्म महोत्सवको मिति तोकिएको थियो।