दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले व्यास-४ दमौलीमा स्थापना भएको सान एजुकेसन कन्सलटेन्सीको बिहीबार उद्घाटन गरेका छन् ।
सो अवयरमा पूर्वमन्त्री भण्डारीले रोजगारीको सिलसिलामा विदेशमा कोही पनि ठगिन नहुने बताए । राम्रो काम लगाइदिने भन्दै विदेशमा नेपाली ठगिरहेकाले त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।
“राम्रे काममा लगाईदिने भन्दै धेरै कन्सलटेन्सीले झुक्याएर विदेश पठाएपछि सम्पर्कविहिन हुने घटना बढेको छ, त्यस्तालाई कारवाहीको दायरामा ल्याउनुपर्छ,” उनले भने।
नजरत अली मियाँ, सत्तार मियाँ र सलमान अलीको लगानीमा कन्सलटेन्सी सञ्चालनमा आएको हो।