दमाैली । तनहुँको व्यास नगरपालिका–११ स्थित भ¥याङ्दी कटेजबाट कौडा खेलिरहेको अवस्थामा १५ जना पक्राउ गरेका छन् । ठूलो धनराशीमा हारजितको बाजी राखी कौडा खेलिरहेको सूचनाका आधारमा प्रहरीले गएराति १५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा खगेन्द्र गुरुङ, बुद्धिराम बस्नेत, महेन्द्र गुरुङ, निमनारायण श्रेष्ठ, रामशरण ढकाल, शालिकराम रेग्मी, गजेन्द्र बानियाँ, दिनेश मिजार, डम्बरबहादुर गुरुङ, प्रेमबहादुर अधिकारी, नेत्रबहादुर महतो, इश्वर क्षेत्री, दिपेन्द्र सिंह र सुकराम श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरी निरीक्षक भानु शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले निजहरुको साथबाट रु एक लाख ७५ हजार ४० नगद र १६ थान कौडा बरामद गरेको प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए । पक्राउ परेकाविरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँबाट आज जुवा (कौडा) मुद्दामा म्याद थप गरिएको छ ।