बेलायतमा सङ्कलित रकमबाट पराशरमा छात्रवृत्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    बेलायतमा सङ्कलित रकमबाट पराशरमा छात्रवृत्ति

    खबरपुञ्ज संवाददाता

    १७ पुष २०७८, आईतवार

    दमाैली । पोखरा महानगरपालिका माटेपानी घर भई हाल बेलायतमा रहेका विनोद श्रेष्ठले बेलायतमा सङ्कलन गरेको रकमबाट व्यास नगरपालिका–५ पाटनस्थित पराशर माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

    बेलायतमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रमबाट सङ्कलन भएको ५३ हजार एक सय ७० बाट पराशरका अति विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

    विद्यालयमा आइतबार आयोजित कार्यक्रममा व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले धन भएकाहरु भन्दा मन भएकाहरुले सामाजिक क्षेत्रमा योगदान गर्न सक्ने बताए । सो अवसरमा उनले विद्यालय छिट्टै नै नयाँ स्थानमा स्थानान्तरणभ ई नयाँ भवनको निर्माण कार्य सम्पन्न हुने बताए ।

    विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले विनोद श्रेष्ठ तथा सहयोगी बेलायतका विभिन्न पेशामा आबद्ध दाताहरुलाई विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्दै सहयोगले विद्यार्थीहरुमा समेत सहयोगी भावनाको विकास गर्ने विश्वास व्यक्त गरे ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावक शिक्षक संघका अध्यक्ष नरबहादुर आले, निवर्तमान प्रधानाध्यापक हेम पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य पार्वती गिरी, सहायक प्रधानाध्यापक अनिता काफ्ले लगायतले छात्रवृत्तिले विपन्न बालबालिकाको पठनपाठन लगायत विद्यालयमा नियमितता आउने दरमा वृद्धि गर्ने बताए ।

    विद्यालयका शिक्षक रुपा श्रेष्ठको संयोजनमा छात्रवृत्तिका लागि रकम प्राप्त भएको हो । उक्त रकमबाट विद्यालयका कक्षा ५ सम्म अध्ययन गर्ने सबै बालबालिकालाई कापी, कलम, पेन्सिल, मोजा तथा ९ जना विद्यार्थीलाई स्वीटर, १५ जनालाई जुत्ता, पाँच जनालाई खेलकुद पोशाक वितरण गरिएको सहायक प्रधानाध्यापक अनिता काफ्लेले जानकारी दिइन् ।