रोटर्याक्टले बाँड्यो ढोरपाटनमा न्यानो कपडा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    रोटर्याक्टले बाँड्यो ढोरपाटनमा न्यानो कपडा

    खबरपुञ्ज संवाददाता

    १७ पुष २०७८, आईतवार

    दुलेगौटा : मानवीय सेवामा सर्मपित युवाहरुको अन्तराष्ट्रिय सेवामुलक संस्था रोटर्याक्टले बाग्लुङ ढोरपाटनका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । रोटर्याक्ट क्लब अफ पर्वत, रोटर्याक्च क्लब अफ पर्वत पोखरा, रोटर्याक्ट क्लब बाग्लुङ, रोटर्याक्ट क्लब अफ गल्कोट बाग्लुङ, रोटर्याक्ट क्लब अफ पोखरा गण्डकी मेडिकल कलेज र रोटर्याक्ट क्लब अफ अन्नर्पुणले ८० परिवारलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको हो ।

    ढोरपाटन नगरपालिकाका सबै वडामा रहेका अति विपन्न तथा पहिरो पीडित परिवारलाई ८० थान न्यानो सिरक सहित न्यानो कपडा र प्राथमिक स्वास्थ्य उपचारका सामग्री वितरण गरिएको रोटर्याक्ट क्लब अफ पर्वत पोखराको अध्यक्ष सुष्मा प्रसाईले जानकारी दिइन् । उनका अनुसार तीन लाख ६० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो । ‘गत वर्षको पहिरोले क्षति पुर्याएकाले यहाँका स्थानीय चिसोमा कठ्यांग्रिएर रात काट्न बाध्य छन् । उनीहरुलाई जाडोमा न्यानोपनको आभास गराउन न्यानो कपडा वितरण गरेका छौँ’, उनले भनिन् । क्लबले विभिन्न सामाजिक काम गर्दै आईरहेको छ ।