आजदेखि तनहुँ जिल्ला लिग, पहिलो दिन दुई खेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आजदेखि तनहुँ जिल्ला लिग, पहिलो दिन दुई खेल

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७८, मंगलवार

    दमाैली । तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुने भएको छ । सङ्घले भिमादस्थित रङ्गशालामा लिग आयोजना गर्न लागेको हो ।

    पहिलो दिन दुई खेल सञ्चालन हुने सङ्घका उपमहासचिव टिकाराम पनेरुले जानकारी दिए । उनका अनुसार आज पुलजीप युवा क्लव र भिमाद युवा क्लव, अजम्बरी युवा क्लव र अकला क्लवबीच खेल हुनेछ ।

    त्यस्तै फागुन ४ गते हैरान्स क्लव र दोभान क्लव, खैरेनीटार युवा क्लव र नवमित्रता युवा क्लब, अजम्बरी युवा क्लव र मस्र्याङ्दी क्लवबीच खेल हुनेछ । फागुन ५ गते पुलजीप क्लव र अलस्टार क्लव, अकला क्लव र हैरान्स क्लब, भीमाद युवा क्लव र खैरेनीटार क्लवबीच खेल हुनेछ । फागुन ६ गते दोभान क्लव र मस्र्याङ्दी क्लव, नवमित्रता क्लव र अलस्टार क्लव, अजम्बरी र हैरान्सबीच खेल हुनेछ । फागुन ७ गते पुलजीप क्लव र खैरेनीटार क्लव, अकला क्लव र दोभान क्लव, भीमाद क्लव र नवमित्रता क्लवबीच खेल हुनेछ ।

    फागुन ८ गते अकला र मस्र्याङ्दी क्लव, भीमाद र अलस्टार क्लव, अजम्बरी र दोभान क्लवबीच खेल हुनेछ भने फागुन ९ गते पुलजीप र नवमित्रता क्लव, हैरान्स र मस्र्याङ्दी क्लव र खैरेनीटार र अलस्टार क्लबबीच खेल हुनेछ ।

    युवा क्लव भिमादको सहआयोजनामा हुने खेल भिमाद रङ्गशालामा सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख र द्वितीय हुनेलाई नगद रु ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । एन्फासँग आबद्ध भएका दश वटा क्लवलाई रु १५ हजारका दरले प्रदान गरिने लिग संयोजक एवं एन्फाका महासचिव ज्योति श्रेष्ठले जानकारी दिए ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।