दमाैली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा दमौलीमा जारी आठौ तनहुँ महोत्सव एक दिन थप गरिएको छ । चैत १० गतेदेखि सुरु महोत्सव चैत २० गतेसम्म सञ्चालन हुने भनिएतापनि एक दिन थप गरी २१ गते पु¥याइएको छ ।
सङ्घका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक पविन्द्रकुमार श्रेष्ठले दर्शकको अनुरोधका कारण महोत्सव एक दिन थप गरिएको जानकारी दिए ।
महोत्सवको सोमबार गृहमन्त्री बालकृष्ण खाँणले समापन गर्ने भएका छन् । महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।