दुलेगाैडा । नेकपा एमालेले शुक्लागण्डकी नगरपालिकामा मेयर र उपमेयरको नाम सिफारिसका लागि मतदान गरेको छ । आवश्यक भन्दा आकांक्षीको संख्या धेरै भएपछि बिहीबार मतदान गरेर मेयर र उपमेयर तीन/तीन जनाको नाम सिफारिस गरेको हो ।
मेयरमा हालकी उपमेयर सविता रसाईली, श्यामराजा महत र मुक्ति तिमिल्सनाकाे नाम सिफारिस गरिएको छ । तीन मध्ये एक जना महिला अनिवार्य भएका कारण रसाईली सर्वसम्मत सिफारिस भएकी हुन् । रामचन्द्र उपाध्याय र देवलाल खनाल पनि मेयरका आकांक्षी थिए ।
यस्तै उपमेयरमा हर्क गुरुङ, विष्णुमाया पराजुली र फूलमाया वाग्ले सिफारिस भएका छन् । उपमेयरको रिङबाट कमल ढकाल बाहिरिएका छन् । नगर कमिटी सदस्यले उम्मेद्वार सिफारिसका लागि मतदान गरेका थिए ।