दमौली । तनहुँमा सत्तारुढ दलबीच गठबन्धनमा टुंगो नलागेपछि आ-आफ्नै हिसाबले उम्मेदवारी दर्ता गरिने भएको छ । गठबन्धनमा भागबण्डा मिलाउन सोमबार बिहान बसेको बैठक निष्कर्षविहिन भएको हो ।
बैठकमा सहमति नभएपछि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराउने तयारी छ । कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बैठक विना निष्कर्ष सकिएको जानकारी दिए ।
उनका अनुसार उम्मेदवारी दर्तापछि पनि सहमतिको पहल जारी रहनेछ। कांग्रेसभित्र पनि नगरपालिका, गाउँपालिका र वडामा उम्मेदवार टुंगो नलागेको उनले बताए ।