व्यासलाई सांस्कृतिक शहर बनाउने उपमेयर उम्मेदवार घर्तीको प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासलाई सांस्कृतिक शहर बनाउने उपमेयर उम्मेदवार घर्तीको प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०७९, बिहीबार

    दमौली । व्यास नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसको जोशी समूहकी उपमेयरकी साझा उम्मेदवार बसुन्धरा घर्तीले व्यास नगरपालिकालाई सांस्कृतिक शहर बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

    संयुक्त प्यानलबाट उपमेयरको उम्मेदवार बनेपछि चुनावी अभियान सुरु गर्दै उपमेयर घर्तीले आदिवासी जनजातिहरुको बाहुल्यता रहेको व्यास नगरपालिकालाई नमुना सांस्कृतिक शहर बनाउने बताइन् ।

    आदिवासी जनजाति महासंघ तनहुँको अध्यक्ष समेत रहेकी घर्तीले आफू उपमेयरमा निर्वाचित भएपछि मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने बताइन् । स्थानीय स्तरका लोक संस्कृति र कलाको संरक्षण गर्ने तथा जनजातिहरुको संस्कृति झल्किने गरि देशकै नमुना संग्रहालय बनाउने पनि उनले प्रतिबद्धता जनाइन् ।

    त्यसैगरि महर्षि वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ चिनाउन दमौलीमा वेदव्यास विश्वविद्यालयको स्थापनाको लागि पहल गर्ने तथा यस क्षेत्रलाई धार्मिक गन्तव्यको रुपमा विकास गर्न पहल गर्ने घर्तीले बताइन् । छाब्दी बाराही, तनहुँ कालिका, क्यामिन कालिका, राजापानी महादेव मन्दिर, व्यास ३ को गुरुङ संग्रहालयको संरक्षण, व्यास ४ र ९ मा रहेको मुस्लिम समुदायको मस्जिदको उचित संरक्षण गर्ने योजना रहेको उनले बताइन् ।

    त्यस्तै व्यास नगरपालिकाको सबैभन्दा उच्च स्थलमा रहेको ऐतिहाँसिक तनहुँसुर दरबार, कुलुङकोट, गलेखामकोट, मानुङकोट, क्यामिनकोट, कालिका जस्ता धार्मिक गन्तव्यको प्रबद्र्धन गरि त्यसको प्रचार प्रसार गरि हजारौं पर्यटक भित्र्याउने कार्यक्रम सञ्चालन गर्ने घर्तीले बताइन् ।