पहिलो पटक फेसबुकमा जोडिए वैकुण्ठ न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पहिलो पटक फेसबुकमा जोडिए वैकुण्ठ न्यौपाने

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०७९, बिहीबार

    दमौली । व्यास नगरपालिकाका मेयर उम्मेदवार वैकुण्ठ न्यौपाने पहिलो पटक फेसबुकमा जोडिएका छन् । हालसम्म फेसबुकमा नजोडिएका न्यौपानेको पहिलो पटक फेसबुक पेज बनाइएको छ ।

    उनका सहयोगीहरुले ‘वैकुण्ठ न्यौपाने जिताऔ अभियान’ पेज सञ्चालन गरेका छन् । आफ्ना गतिविधि सार्वजनिक गर्न फेसबुक पेज खोलेका हुन् ।

    न्यौपानेको हालसम्म फेसबुकमा अकाउन्ट छैन । उनले आफ्ना सहयोगी मार्फत् नै फेसबुकमा आएका टिकाटिप्पणी बारेमा जानकारी लिने गरेका थिए ।