दमाैली । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएको छ । व्यास नगरपालिकाका विभिन्न वडामा राप्रपाको घरदैलो अभियान चलिरहेको छ ।
घरदैलो अभियान अन्तर्गत राप्रपाले आइतबार व्यास नगरपालिका–१४ छाब्दीमा मतदातासँग भेटघाट कार्यक्रम गरेको छ । राप्रपाका अध्यक्ष विनोद घर्तीको नेतृत्वमा व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दौलत अधिकारी, उपप्रमुखका उम्मेदवार चन्द्रावती पन्थ, वडाध्यक्ष र सदस्यका उम्मेदवारले यसपटक राप्रपालाई मत दिन आग्रह गरे ।
राप्रपाको चुनावी अभियान जिल्लाका विभिन्न पालिकामा सञ्चालन भइरहेको अध्यक्ष घर्तीले जानकारी दिए । जिल्लाभर राप्रपाको चुनावी अभियानमा जनताको सकारात्मक हौसला पाएको घर्तीले बताए ।