ढोर क्षेत्रको घरदैलोमा शुक्लागण्डकीका मेयर उम्मेदवार मुक्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ढोर क्षेत्रको घरदैलोमा शुक्लागण्डकीका मेयर उम्मेदवार मुक्ति

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०७९, आईतवार

    दुलेगाैडा । नेकपा एमालेको तर्फबाट शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका मुक्ति तिम्लिसिना र उमपेयरकी उम्मेद्वार फुलमाया वाग्ले मतादाता भेट्दै गाउँ गाउँ पुग्न थालेका छन् ।

    आइतबार एमालेको टोली घरैदलो कार्यक्रम लिएर ढोर क्षेत्रको गाउँ गाउँमा पुगेका छन् । आइतबार ढोर क्षेत्रको ढोरबाराही, बाझस्थला, गुर्दुम, खरबारी, पौवा, छब्दी देउराली, साँखे, बैशाखेघाट, जरेबर र लोकदीटारका मतदातालाई भेटेका हुन् । मतदाता भेट्दै अग्रजहरुको आर्शिवाद र युवाहरुको सुझाव संकलन गर्दै तिम्लिसिनाको टोली गाउँ गाउँ पुगिरहेको छ । भेटको क्रममा स्थानीयले आफ्ना गाउँ ठाउँमा भएका समस्या र आवश्यक विकास निर्माणका माग राखेका थिए ।

    जनताको मागलाई सम्बोधन गर्दै मेयरका उम्मेद्वार तिम्लिसिनाले शुक्लागण्डकीमा अब नेकपा एमालेले जितेपछि विकासले फड्को मार्ने बताए । उनले रित्तिएको गाउँलाई शहर गएकाहरु फर्कने गरेर बिकास गर्ने उल्लेख गरे । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुर्धार्ने, ग्रामिण सडक स्तरोन्नती गर्ने, खानेपानीका समस्यालाई समाधान गर्दै पर्यटकीय सम्भावना बोकेका स्थानहरुको पहिचान गर्ने उद्घोष गरे ।

    उपमेयरकी उम्मेद्वार वाग्लेले आमा समुह, युवा क्बललाई उत्साहजनक सहयोग गर्ने बताईन् । ग्रामिण भेगका किसानलाई सहयोग गर्ने उनको भनाई छ । घरदैलो कार्यक्रममा उम्मेद्वारसँगै शुक्लागण्डकी नगरपालिकाका प्रभावशाली एमाले नेताहरु समेत सहभागी थिए ।

    एमालेका उम्मेद्वारहरुले सोमबार फिरफिरे क्षेत्रका मतदाता भेट्ने कार्यक्रम रहेको छ । घारी, लिलाचोक, जसपुर, लामागाउँ, घरेडीका जनतासँग साक्षत्कार गर्ने कार्यक्रम रहेको नेकपा एमाले निर्वाचन परिचालन कमिटी शुक्लागण्डकीले जनाएको छ ।