दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले दमौलीमा शक्ति प्रदर्शन गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी मन्त्री श्रेष्ठले शुक्रबार दमौली बजारमा शक्ति प्रदर्शन गरेका हुन् ।
पार्टी कार्यालयबाट सुरु भएको ¥यालीले मालपोत लाइन, सत्यवती विद्यालय, गणेशमानचोक, सफासडक, बुल्दीपुल, भादगाउँ लगायत बजारका विभिन्न ठाउँको परिक्रमा गरेको थियो ।
र्यालीमा पार्टीका अध्यक्ष शंकरनारायण श्रेष्ठ लगायत पदाधिकारी तथा कार्यकर्ताकाे सहभागिता थियाे । र्याली अनसनचाेकमा आएर काेणसभामा परिणत हुनेछ ।