उपमेयरका उम्मेद्वार कांग्रेसमा प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उपमेयरका उम्मेद्वार कांग्रेसमा प्रवेश

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७९, सोमबार

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकामा उपमेयरका एक जना उम्मेद्वार नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी,लेनिनवादी ) बाट उपमेयर पदमा उम्मेद्वारी दिएका शिवप्रसाद लम्साल सोमबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी प्रवेश गराएका हुन् ।

    लम्सालले अब आफ्नो उम्मेदवारी कायम नरहने र गठबन्धन टिमलाई समर्थन गर्ने बताए ।

    \नेता पौडेलले नेपाली समाजमा समृद्धिको नेतृत्व अब काँग्रेसले मात्र गर्न सक्ने बताए । ‘अहंकार र अतिवादको अन्त्य गर्दे आपसी समन्वयबाट समृद्धको लक्ष्य प्राप्ती गर्ने काँग्रेसको उद्देश्य हो । लोकतान्त्रिक विधि भित्र मात्रै समाज समृद्ध हुन सक्छ’, उनले भने ।