व्यासका मेयर उम्मेदवार न्यौपानेले भने : पैसा बाँड्याे भनेर विपक्षीले अनर्गल प्रचार गरे (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका मेयर उम्मेदवार न्यौपानेले भने : पैसा बाँड्याे भनेर विपक्षीले अनर्गल प्रचार गरे (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०७९, बिहीबार

    दमाैली । नेपाली कांग्रेसका तर्फबाट व्यास नगरपालिकाका मेयर उम्मेदवार वैकुण्ठ न्यौपानेले आफूहरुले पैसा बाँड्यो भनेर अनर्गल प्रचार गरिएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेबाट राति ११ बजे फेसबुक लाइभमार्फत् न्यौपानेले आफूलाई लाञ्छित गर्ने कोशिस गरिएको बताएका हुन् ।

    कांग्रेस कार्यकर्ता आशिष कैनीको फेसबुकमार्फत् लाइभ आएका न्यौपानेले भने, “यसमा कुनै सत्यता छैन । मेरा साथी रामकृष्ण अधिकारीको छोरी ज्वाइँकोमा चिया खाएर निस्कने क्रममा विपक्षीको पार्टीको तर्फबाट हामीलाई लाञ्छित गर्ने कोशिश भएको छ, अशान्त वातावरण सिर्जना भइरहेको छ । गलत भ्रम सिर्जना गर्ने ढगंले प्रायोजित भइरहेको छ ।”

    न्यौपानेले यहाँ कुनै किसिमको पैसा बाँड्ने काम नभएको र आचारसंहिता उल्लघंन गर्ने काम नभएको प्रष्ट्याएका छन् । “हामी सुरक्षित छौ, हामीसँग पैसा छैन, पैसा बाँड्न आएको होइन । गाउँ गाउँमा चामल बाड्ने, भोजभतेर गर्नेले लाञ्छित गरेका हुन् ।”

    न्यौपानेको साथमा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, पूर्व मेयर ताराप्रसाद श्रेष्ठ, व्यास–११ का निवर्तमान वडाध्यक्ष निरबहादुर खड्का लगायत छन् ।

    भिडिओ : आशिष कैनी