म्याग्दे । म्याग्दे गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका शिवबहादुर क्षेत्री निर्वाचित भएका छन् । शनिबार राति अबेर सम्पन्न मतपरिणाम अनुसार ८८९ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गरे ।
सदस्यमा नेपाली काङ्ग्रेसका रमेश क्षेत्री ८९४, नेकपा एमालेका महेन्दबहादुर रानाभाट ८३५, महिला सदस्यमा नेपाली काङ्ग्रेसका सीता कुमाल ८८९ र दलित महिला सदस्यमा नेपाली काङ्ग्रेसकै कल्पना परियार ८३९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
२०७४ काे निर्वाचनमा म्याग्दे-२ नेकपा एमालेले जितेकाे थियाे ।