दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेले खाता खोलोको छ । वडा नम्बर ६ मा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा बुद्धीबहादुर थापा लोकप्रिय मतका साथ विजयी भएका छन् । उनले एक हजार २७३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसका रवि केसीले ५५६ मत पाए । वडामा दुई हजार ५७ मत खसेको थियो ।
खुला वडा सदस्यमा एमालेका कुलकुमार कुमाल, भक्तबहादुर राना, खुला महिला सदस्यमा विमला पौडेल र दलित महिला सदस्यमा सितादेवी विक निर्वाचित भए ।
वुद्धी यसअगाडी पनि वडा सदस्यमा निर्वाचित भएर पाँच बर्ष जनताको सेवामा सर्मपित भएका थिए । वडा सदस्यमध्येमा उनी लोकप्रिय सुचीमा थिए । विजयी भएपछि खबरपुञ्जसँग संक्षिप्त कुराकानी गर्दै उनले मतदातालाई धन्यावाद दिएका छन् । पराजित भएका उम्मेद्वारहरुलाई पनि समेटेर वडाको विकासमा लाग्ने उनको भनाई छ ।