शुक्लागण्डकीको प्रमुखमा काङ्ग्रेस, उपप्रमुखमा माओवादी विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीको प्रमुखमा काङ्ग्रेस, उपप्रमुखमा माओवादी विजयी

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०७९, बुधबार

    दुलेगाैडा । शुक्लागण्डकी नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनले जित हासिल गरेको छ । नगरप्रमुखमा नेपाली काङ्ग्रेस र उपप्रमुखमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवारले विजय हासिल गरेका हुन् ।

    नगरप्रमुखमा काङ्ग्रेसका कृष्णराज पण्डित १२ हजार दुई सय ६३ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका मुक्तिनाथ तिमिल्सिनाले नौ हजार आठ सय ४० मत प्राप्त गरे ।

    उपप्रमुखमा माओवादीका खुमबहादुर विक दश हजार दुई सय ६२ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका फूलमाया थापाले नौ हजार नौ सय ५७ मत प्राप्त गरिन् ।

    ३८ हजार तीन सय १५ मतदाता रहेको नगरपालिकाको निर्वाचनमा २५ हजार नौ सय ९७ मत खसेको थियो ।

    अघिल्लो पटक नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेले जित हासिल गरेका थिए । उमपेयर गुमाएको एमालेले वडामा समेत एक वडा कम जित दर्ता गराएको छ । एमालेले यसपालि छ वडामा वडाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले पाँच र नेकपा माओवादी केन्द्रले एक वडामा वडाध्यक्ष जितेका छन् । कांग्रेसले अघिल्लो पटक तीन र माओवादीले दुई वडा जितेका थिए ।

    शुक्लागण्डकी नगरपालिकाको नगरसभामा नेकपा एमालेले बहुमत सदस्य जितेको छ । ३५ नगरसभा सदस्य एमालेले जितेको हो । यस्तै कांग्रेसले मेयर सहित २४ नगरसभा सदस्य र माओवादी केन्द्रले उपमेयर सहित तीन नगरसभा सदस्य जितेको छ ।

    शुक्लागण्डकी–१ मा कांग्रेसका रविचन्द्र पौडेलको प्यानल विजयी छ । वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका सुमनबहादुर राना मगरले जित्दा चार वडा सदस्य एमालेले जितेको छ । वडा नम्बर ३ को अध्यक्षमा कांग्रेसका सचिन भुजेल सहित प्यान विजयी भएको छ । ४ मा नेपाली कांग्रेसका राजकुमार वाग्ले निर्वाचित भए । राजकुमारले प्यानलै विजयी भएको हो ।

    वडा नम्बर ५ को अध्यक्षम नेकपा एमालेका दिर्घबहादुर थापा प्यानल सहित विजयी भए । ६ मा नेकपा एमालेका बुद्धीबहादुर थापा प्यानल सहित विजयी भए । वडा नम्बर ७ मा कांग्रेसका खड्कसिंह थापा विजयी भए । वडा सदस्यमा एक जना कांग्रेस र तीन जना एमालेका विजयी भए । वडा नम्बर ८ मा एमालेका नारायणसिंह थापा विजयी भए ।

    कांग्रेसका दुई र एमालेका दुई वडा सदस्य विजयी भएका छन् । वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एमालेका बाबुराम पुलामी सहित प्यानल विजयी भयो । वडा नम्बर १० को वडाध्यक्षमा माओवादी केन्द्रका राजेन्द्र भट्टराई क्षेत्री विजयी भए । वडा सदस्य एमाले र कांग्रेसका दुई दुई जना विजयी भएका छन् । वडा नम्बर ११ को वडाध्यक्षमा शालिकराम भट्टराई विजयी भएका छन् । वडा सदस्यमा दुई जना एमाले, कांग्रेस र माओवादीका एक÷एक जना विजयी भए । वडा नम्बर १२ मा नेकपा एमालेका इन्द्र गुरुङ सहित उनको प्यानल विजयी भएको हो ।