दमाैली । तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोला बाङ्गे रहमा डुबेर दुई जनाको मृत्यु भएको छ । चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा डुबेर आइतबार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भानु नगरपालिका–२ बस्ने ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँ बस्ने २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी र स्थानीयवासीले खोलाबाट शव निकालेका थिए ।