बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि चितुवा नियन्त्रणका लागि खोर राखिएको छ । शनिबार राति र आइतबार बिहान चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि डिभिजन वन कार्यालय तनहुँको सहयोगमा आइतबार बन्दीपुर–१ बाघदलेमा फलामे खोर राखिएको हो ।
बन्दीपुर गाउँपालिका–४ टावरमा चितुवाको आक्रमणबाट आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बागदलेमा भिमलाल गरञ्जा घाइते भएका थिए । दुवै आक्रमणको घटना घरमै भएको हो । घाइतेहरुको अवस्था खतरामुक्त रहेको छ । दुवै घाइतेको डुम्रेस्थित मोती मेडिकलमा उपचार गरिएको थियो ।
चितुवाको त्रास बढेपछि नियन्त्रणका लागि बाख्रा सहितको खोर थापिएको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए।