दमाैली । व्यास नगरपालिका–४ स्थित भोर्लेटारचोकबाट विकास थापा मगर लागुऔषध सहित पक्राउ परेका छन् । बन्दीपुर गाउँपालिका–१ गुरुङटार बस्ने २४ वर्षीय विकासलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।
भोर्लेटारचोकमा शङ्कास्पद रुपमा हिँडिरहेका उनलाई प्रहरीले सोधपुछ गर्दा लागुऔषध बरामद भएको छ । प्रहरीले निजको साथबाट डाइजेपाम १०, फेनरागन १०, नुफिन १० गरी ३० थान लागुऔषध बरामद गरेको जनाएको छ ।
निज विरुद्ध बुधबार तनहुँ अदालतबाट दश दिनको म्याद थप भएको छ ।