चितुवाको आक्रमणबाट घाइतेलाई बन्दीपुरद्वारा उपचार खर्च सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चितुवाको आक्रमणबाट घाइतेलाई बन्दीपुरद्वारा उपचार खर्च सहयोग

    खबरपुञ्ज संवाददाता

    १ असार २०७९, बिहीबार

    बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकाले चितुवाको आक्रमणबाट घाइते दुई जनालाई उपचार खर्च सहयोग गरेको छ । गत शनिबार राति र आइतबार बिहान चितुवाको आक्रमणबाट घाइते दुई जनालाई गाउँपालिकाले बिहीबार उपचार खर्च सहयोग गरेको हो ।

    बन्दीपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीया भिमलाल गरञ्जालाई जनही रु दश हजारका दरले उपचार खर्च सहयोग गरिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

    गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ, प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठ, वडा नम्बर ४ का सदस्य भिम भले, ममता राना, रवि श्रेष्ठ लगायतले घाइतेको अवस्थाबारे जानकारी लिएका थिए ।

    गाउँपालिकाले चितुवाको आक्रमणबाट मृत्यु भएका बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँराका पाँच वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई रु ५० हजार राहत प्रदान गरिसकेको छ ।