दमाैली । व्यास नगरपालिकाले हालै आएको वर्षाले पु¥याएको क्षतिको स्थलगत निरीक्षण गर्ने भएको छ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण सार्वजनिक संरचना र व्यक्तिगत धनजनमा पुगेको क्षतिलाई तत्काल सम्बोधन गर्न वडाध्यक्षको अध्यक्षतामा रहने वडागत विपद् समितिबाट प्राविधिक सहित स्थलगत निरीक्षण गरी अत्यावश्यक, तत्काल पुनस्र्थापना गर्न गराउन वडालाई जिम्मेवारी दिइएको हो ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पुनस्र्थापनामा भएका अत्यावश्यक खर्चहरु विपद् अन्तर्गत सिफारिस गर्न समेत निर्देशन दिइएको छ ।