कांग्रेस परित्याग गरेका बास्तोला भन्छन् : विचार र एजेण्डा सहित उपस्थित हुनेछु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस परित्याग गरेका बास्तोला भन्छन् : विचार र एजेण्डा सहित उपस्थित हुनेछु

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०७९, सोमबार

    दमाैली । नेपाली कांग्रेस परित्याग गरेका नेता विश्व बास्तोलाले आफ्ना विचार र एजेण्डा सहित जनता समक्ष उपस्थित हुने बताएका छन् । कांग्रेस तनहुँका पूर्व सचिव बास्तोलाले सोमबार सामाजिक सञ्जालमार्फत् निकट भविष्यमा सबै साथीहरुसँग परामर्श गरी विचार र एजेण्डा सहित प्रस्तुत हुने जानकारी गराएका हुन् ।

    समाज परिवर्तनको पक्षमा रहेका तमाम दाजुभाई तथा दिदीबहिनीहरुलाई कत्तिपनि विचलित नहुन बास्तोलाले आग्रह गरेका छन् ।

    बास्तोलाले आफ्नो आगामी राजनैतिक यात्राको बारेमा चिन्ता व्यक्त गरेका आभार व्यक्त गर्दै भनेका छन्, “गत लामो समयदेखि राजनीतिमा सक्रिय रहदा मैले सधै बेथिती, विकृति, भ्रष्टाचार र नेताहरुको व्यक्तिवादी सोच सोच जस्ता गलत प्रवृत्तिको विरुद्धमा आर्थिक पारदर्शिता, सुशासन र न्यायपूर्ण विकास लगायत विधि र प्रक्रियाको पक्षमा पार्टीभित्रै रहेर आवाज उठाउँदै आउने क्रममा यी तमाम विषयहरुमा सुधारको संकेत नदेखेपछि पार्टीभित्रै रहेर सार्वजनिक रुपमा नेतृत्व वर्गको विरोध गर्न उपयुुक्त नहुने महसुस गरी मैले पार्टी परित्याग गरि स्वतन्त्र रहने निर्णय गरेको हूँ ।”