व्यासको निर्णय : भदौ १ गतेदेखि कल सेन्टर, सबै वडामा फोटोकपी निःशुल्क
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासको निर्णय : भदौ १ गतेदेखि कल सेन्टर, सबै वडामा फोटोकपी निःशुल्क

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७९, आईतवार

    दमाैली । तनहुँको व्यास नगरपालिकाले भदौ १ गतेदेखि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ । नगरवासीको गुनासो सुन्नका लागि नगरपालिकाले शुल्क नलाग्ने कल सेन्टर सञ्चालनमा ल्याउन लागेको हो ।

    चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कल सेन्टर सञ्चालन गर्ने उल्लेख गरिएको थियो । आइतबार बसेको कार्यपालिका बैठकले नगरवासीको गुनासो सुनुवाईका लागि कल सेन्टर सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

    यस्तै सबै वडाहरुमा सेवाग्राहीलाई आवश्यक निवेदन, फोटोकपी सेवा निःशुल्क प्रदान गर्ने निर्णय भएको उनले बताए ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।