बीपी विचार समाज तनहुँले पूर्णता पायाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बीपी विचार समाज तनहुँले पूर्णता पायाे

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७९, आईतवार

    दमाैली । बीपी विचार समाज तनहुँले पूर्णता पाएको छ । समाजका अध्यक्ष हरिशरण पण्डितको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी वैठकले सदस्यहरुमा मनोनित गरी कार्य समितिलाई पूर्णता दिएकाे हाे ।

    सदस्य मनोनित हुनेहरुमा सुकुमलाल गुरुङ (बन्दीपुर), सोलबहादुर चितौरे (आँबुखैरेनी), इन्द्रप्रसाद पौडेल (शुक्लागण्डकी), नरनाथ काफ्ले (व्यास), रामदेव पन्थ (व्यास), खोजबहादुर गुरुङ (भानु), इन्द्रबहादुर दरै (व्यास), तुलबहादुर गुरुङ (शुक्लागण्डकी), रामबहादुर ढुङ्गाना (भानु), कृष्णप्रसाद सोती (व्यास), कृष्णप्रसाद भट्टराई (व्यास) रहेका छन् ।

    यसैगरी लिलचन्द्र पाण्डे (भानु), विष्णुप्रसाद श्रेष्ठ (म्याग्दे), सीताराम बानिया (भानु), खोमराज पोख्रेल (घिरिङ), आरती थापा (भिमाद) मनाेनित भएका छन्।

    यस्तै पदेन सदस्यमा केशरबहादुर गुरुङ क्षेत्र नम्बर १ सभापति र नरेन्द्र थापा क्षेत्र नं. २ सभापति सदस्यमा चयन भएका छन्। उक्त बैठकमा बीपी विचार राष्ट्रिय समाजका सहसभापति तथा नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको विशेष उपस्थितिमा भएको थियो ।

    यसैगरी सो बठकले सल्लाहकारहरुमा उर्मिला थापा, डिल्लीराम अधिकारी, गोपीबहादुर गुरुङ, घनश्याम घिमिरे, गोपालप्रसाद भण्डारी, परशुराम गिरी, भिमबहादुर अधिकारी, हरिभक्त ढकाल, प्रेमबहादुर बानियाँ, गोविन्द पन्थ र विद्युत न्यौपानेलाई मनोनय गरिएको समाजका सचिव कमलभक्त पोख्रेलले जानकारी दिए ।