


चितवन । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः संचालनमा आएको छ । साँझ ७ः२० बजेको समयमा लेदोसहितको पहिरो हटाएर दुईतर्फी बाटो संचालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
आज अपरान्ह ५ः०५ बजेको समयमा भरतपुर–२९ केराबारीस्थित मौरीखोलामा पहिरो खसेको थियो । यस ठाउँमा केहीदिन यता निरन्तर पहिरो खस्दै आइरहेको छ ।