तनहुँमै पहिलो पटक व्यास सहकारीको कोप कार्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँमै पहिलो पटक व्यास सहकारीको कोप कार्ड

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँमै पहिलो पटक व्यास बचत तथा ऋण सहकारी संस्थाले कोप कार्ड सञ्चालनमा ल्याएको छ । व्यास–३ स्थित सहकारीले जिल्लामै पहिलो कोप कार्ड सञ्चालनमा ल्याएको हो ।

    ग्लोबल आइएमई बैङ्क र राष्ट्रिय सहकारी बैङ्कबीच भएको सम्झौता बमोजिम सहकारीले कोप कार्ड सञ्चालनमा ल्याएको सहकारीका उपाध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिए। सबै शेयर सदस्यलाई कोप कार्ड वितरण गरिने उनले बताए ।

    कोप कार्ड वितरणपछि सहकारीमा आबद्ध सदस्यहरुले जुनसुकै बेलापनि एटीएमबाट रकम निकाल्न सक्नेछन् । ग्लोबल आइएमई बैङ्कको देशभरका एटिएमबाट रकम निकाल्दा कुनै शुल्क नलाग्ने बताइएको छ ।

    कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटीएम÷पीओएस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ ।