दमौली । तनहुँमा पछिल्लो २४ घण्टामा तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार एक महिला र दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
केही समय अगाडीसम्म शुन्य सङ्क्रमित रहेको तनहुँमा कोरोनाको जोखिम बढेको छ ।
बिहीबार गण्डकी प्रदेशभर १४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।