इजरायलले थप १ हजार नेपाली कामदार लैजाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । इजरायलले नेपालबाट थप एक हजार कामदार लैजाने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोदेरले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई भेट्दै सो बारे जानकारी दिएका हुन् ।

    भेटमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाललाई कृषि क्षेत्रमा लैजाने विषय टुंगोमा पुगेको बताए ।

    त्यस्तै उनले यसअघि सहायक कामदारको लागि ९ हजार ६ सय ९९ जनाले निवेदन दिएकोमा एक हजार एक सय ४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।

    भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिएका थिए । साथै उनले आगामी दिनमा पनि इजरायल सरकारले नेपालका कृषि, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका छन् ।

    मन्त्री कँवरले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुन: एकीकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानी कर्तालाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

    त्यस्तै उनले अहिले थुप्रै नेपालीले इजरायल जान चाहेकाले छिटो भन्दा छिटो उनीहरूलाई इजरायल लैजाने वातावरण बनाइ दिन राजदूत गोदेरलाई अनुरोध गरे ।