दमाैली । मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले तनहुँ क्षेत्र नम्बर २ प्रदेश (क) का लागि ९ जना उम्मेदवार सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र (क) को शनिबार सम्पन्न बैठकले ९ जना उम्मेदवार सिफारिस गरेको हो ।
प्रत्यक्षतर्फ कमल ढकाल, रामचन्द्र उपाध्याय, दुर्गाप्रसाद पराजुली, हर्कबहादुर गुरुङ, श्यामराजा महत, शिवबहादुर महत, शेषमणि आचार्य, अर्जुनप्रसाद नागिला र राधादेवी महत क्षेत्रीको नाम सिफारिस गरिएको समन्वय कमिटी संयोजक रत्नादेवी घिमिरेले जानकारी दिइन् ।
विद्यानअनुसार एक महिला सहित तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा आकांक्षीको संख्या बढि भएपछि सबै नामलाई जिल्ला कमिटीमा सिफारिस गरिएको उनले बताइन् ।
बैठकमा एमाले केन्द्रीय सदस्य सविता रसाइली, जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपसचिव खिमकुमाल, प्रदेश कमिटी सदस्य रामचन्द्र उपाध्याय लगायतले बोलेका थिए ।