दमाैली । नेपाली कांग्रेस तनहुँका महासमिति सदस्य पूर्णबहादुर गुरूङले पार्टी परित्याग गर्ने भएका छन् । गुरुङ नेकपा एमाले प्रवेश गर्न लागेका हुन् ।
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगी पार्टी प्रवेश गर्ने अन्तिम तयारी भएकाे छ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङसंगको लामो छलफल पछि उनी पार्टी प्रवेश गर्ने लागेका हुन्। गुरूङलाई एमालेले तनहुँ क्षेत्र न.१ को संघीय वा तनहुँ १ प्रदेश २ बाट चुनाव लडाउने तयारी गरेकाे छ ।