दमाैली । गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनको समयमा व्यास नगरपालिकाकाको नगर प्रमुखका स्वतन्त्र उम्मेदवार युवा नेता दीपकराज जोशीलाई कुटपिट गर्नेको अझै कारबाही भएको छैन । कारबाहीको लागि नेता जोशीले प्रहरी समक्ष जाहेरी दिएका थिए ।
सो घटनालाई लिएर नेता जोशीले प्रमुख जिल्ला अधिकारी समक्ष शान्ति सुरक्षा कायम राख्नक लागि निवेदन दिएका छन् । बिहीबार बुझाइएकाे निवेदनमा मतदानका दिन व्यास नगरपालिका–८ स्थित साविक रिस्ती गाविस भवन फेदीमा रहेको मतदान केन्द्रमा अनुगमनमा पुग्दा त्यहाँ रहेको उच्छ्रिङ्खल तत्वले ममाथि संघातिक आक्रमण गरी घाइते तुल्याएको जनाईएको छ । घ
ाईते भएपछि दमौली अस्पतालमा उपचारका लागि आउँदा त्यहाँ उपचार हुन नसकी पोखरा रिफर भएपछि फिस्टेलमा उपचारमा पठाएको र त्यहाँ पनि उपचार हुन नसकी काठमाण्डौ रिफर भै फ्रन्टलाइन हस्पिटलमा प्रारम्भिक उपचार गरेपछि त्यहाँबाट पनि थप उपचारका लागि भारतको न्यूदिल्ली गुरगाउँ स्थित मेदान्त हस्पिटलमा रिफर भई उपचार गरिएको जनाईएको छ ।
‘‘सो घटनाका सम्बन्धमा मैले जिल्ला प्रहरी कार्यालय दमौलीमा जाहेरी दिएकोमा हालसम्म कुनै सुनुवाई भएको छैन कारवाही अगाडि बढेको छैन’’ भनि निवेदनमा जनाईएको छ ।
‘हाल पुनः संघ तथा प्रदेशको निर्वाचन २०७९ मंसिर ४ गतेलाइ तोकिएको अवस्था छ । यो निर्वाचनमा म र मेरो परिवारबाट चुनाव प्रसार प्रसार र मतदान केन्द्र अनुगमनका लागि जानु पर्ने अवस्था भएकोले शान्ति र सुरक्षाको माग लिखित रुपमै प्रमुख जिल्ला अधिकारी समक्ष राखेकाे हुँ,’ निवेदनमा भनिएकाे छ ।